फूटपाथमा बिक्री हुने माछा नियन्त्रण

0
54

प्रस, वीरगंज, २८ असोज/
    सडक पूmटपाथमा माछा बिक्रीविरुद्ध बुधवार नगर प्रहरी र जनपद प्रहरी संयुक्तरूपमा कारबाई गरेको छ ।
    आज दिउँसो मुडली चोकमा सडक पूmटपाथमा माछा बिक्री गर्नेहरूको माछा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । लकडाउन, निषेधाज्ञामा बजार सञ्चालन हुँदा मुडलीको सम्झना होटलदेखि दक्षिणतर्पm सडक फूटपाथमा माछा बिक्री हुने गरेको थियो । दिउँसोदेखि साँझसम्म सो क्षेत्रमा माछा खरीद गर्नेहरूको भीडभाड हुने गरेको थियो ।
    लामो समयसम्म त्यहाँ कसैले रोकटोक नगरेपछि अघोषित माछाबजार भएको थियो । माछा व्यापारीले भने नगर प्रहरीले सातामा प्रतिविक्रेताबाट एक किलो माछा लिने गरेको, दशैंमा दुई हजार रकम माग गरेको र सो दिन ढिला भएपछि आज कारबाई गरेको आरोप लगाएका छन् । नगर प्रहरीले भने माछा विक्रेताको आरोप सत्य नभएको बतायो । कारबाई भएपछि आवेशमा आरोप लगाइएको नगर प्रहरीको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्