तस्कर समूहविरुद्ध चार राउन्ड हवाई फायर

80

प्रस, सप्तरी, २८ असोज/
भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच मङ्गलवार राति कोइलाडी बर्साइनमा झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड हवाई फायर गरेको जनाएको छ ।
राजविराज नगरपालिका वडा नं १३ मुसहर्नियामा राति करीब १० बजेको समयमा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो । भन्सार छली गरेर सामान ल्याइरहेको थाहा पाएपछि तस्कर समूहलाई प्रहरीले घेरा हालेको थियो । सो क्रममा घरेलु हतियारसहित आएका केही व्यक्ति प्रहरीमाथि जाइ लागेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाको भनाइ छ ।
प्रउ धमलाका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा गहिरो चोट लागेको छ । ६०/७० जनाको समूहमा रहेका स्थानीय बासिन्दासमेत सम्मिलित समूहले प्रहरीमाथि आक्रमण गर्न थालेपछि चार राउन्ड हवाई फायर गरेर तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्