गरीब, विपन्नलाई खाद्यान्न वितरण शुरू

0
42

प्रमोद यादव, पंचगावाँ, २८ असोज/
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ वडा कार्यालयमा एक्सन एड नेपाल र युके एडको सहयोगमा दिव्य युवा क्लबले ११४ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
ओम सिद्ध विनायक सप्लायर्सद्वारा पटेर्वासुगौली–गादीका विपन्न, गरीब सबै समुदायका ११४ घरपरिवारलाई बुधवारदेखि खाद्यान्न वितरण शुरू गरिएको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले बताए । उनले प्रतिपरिवार चामल र गहुँको पीठो ३०/३० किलो, दाल १५ किलो, तेल १० लिटर, अन्डा ३० थान, चिनी २ किलो, नुन ५ किलो, आलु ५ किलो, नुहाउने र लुगाधुने साबुन १२/१२ थान, लुगाधुने पाउडर ३ किलो वितरण गरिएको बताए । उनले गापाका पाँचवटै वडामा वितरण गरिने बताए ।
प्रत्येक वडामा ११४ घरपरिवारको दरले विपन्न, गरीबलाई आजदेखि वडाको टोल–टोलमा पुगी खाद्यान्न वितरण गरिने पनि निर्देशक पटेलले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्