वार्षिकोत्सवमा फलफूल वितरण

94


प्रस, वीरगंज, २७ असोज/
    नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा प्रस्तावित वीरगंज चेम्बर अफ कमर्सले मङ्गलवार मानव सेवा आश्रम वीरगंजमा फलफूल वितरण गरेको छ।
    नेपाल चेम्बर अफ कमर्सको वार्षिकोत्सवमा प्रस्तावित वीरगंज शाखासँग आबद्ध मनोज अर्याल, मुकेश अग्रवाल, रमेश केडियालगायतको सहभागितामा आश्रममा आश्रितहरूलाई फलफूल वितरण गरिएको हो। प्रस्तावित नेपाल चेम्बर अफ कमर्स वीरगंज शाखा कार्यालय तत्काललाई वीरगंज महानगर–२ छपकैया कालीनिवासमा सञ्चालन गरिएको अर्यालले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्