प्रदेश २ मा ४ जनाको मृत्यु, ८९ सङ्क्रमित थपिए

0
48

राधेश्याम पटेल, वीरगंज, २७ असोज/
    प्रदेश २ मा कोरोना सङ्क्रमणले पछिल्लो २४ घण्टामा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका तीनजना पुरुष र सप्तरीका एकजना महिला गरी चारजना रहेका छन्।
    प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सर्लाही, चक्रघाटा गापा–१ का ३१ वर्षीय, बागमती नपा–११ का ७० वर्षीय, हरिवन नपा–१० का ३० वर्षीय गरी तीनजना पुरुषको उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो। त्यसैगरी, सप्तरी डाकेश्वरी नपा–७ ललितपुरका ६६ वर्षीया महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले बताए।
    यसरी प्रदेश २ मा हालसम्म १५३ जनाको कोरोनाले मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। जस अनुसार पर्सामा ४६, बारामा १८, रौतहटमा ८, सर्लाहीमा १२, महोत्तरीमा १५, धनुषामा १८, सिराहामा १५ र सप्तरीमा १५ जना गरी कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ।
    त्यसैगरी, प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८९ जनामा नयाँ कोरोना पुष्टि भएको बताइएको छ। जसमा धनुषामा ३, सिराहामा ७, बारामा २, पर्सामा ८, सर्लाहीमा ५, रौतहटमा २, सप्तरीमा ४८ र अन्य जिल्लामा गरी ४ जना गरी कुल ८९ जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा यादवले जानकारी गराए। प्रदेश २ मा हालसम्म १ लाख २७ हजार ९ सय २ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा हालसम्म १४ हजार ३ सय २११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १ लाख १२ हजार ४ सय  ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ११७४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने १८७५ जना सक्रिय सङ्क्रमित रहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्