दशैंको बेला अनुगमन तीव्र, दुई पसल कारबाईमा

0
42

प्रस, वीरगंज, २७ असोज/
    दशैं–तिहार नजिकिंदै जाँदा वीरगंजमा महँगी बढेको र म्याद गुज्रेका सामान बिक्री भइरहेको सूचना पाएपछि स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको छ। अनुगमनको क्रममा असोज २६ गते वीरगंजका दुईवटा पसललाई, कानूनविपरीत काम गरेको पाइएपछि आवश्यक कारबाई गरिएको छ।
    अनुगमन टोलीले उपभोक्ता ऐन २०७५ अनुसार एउटा पसललाई रु ५० हजार र अर्कोलाई रु २० हजार जरिवाना गरेको छ। वीरगंज–५ स्थित पशुपति स्पाइसेस एन्ड फूड रिप्याकिङलाई मूल्य अङ्कित नगरी सामान बिक्री गरेकोले
रु ५० हजार जरिवाना तोकिएको छ भने वीरगंज–४ बिर्तास्थित जैन स्टोर्सले खरीद बिल नदेखाएकोले रु २० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साका सूचना अधिकारी दिलीप खङ खत्वेले जानकारी दिए।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्साका प्रमुख विक्की राउत,  जिल्ला प्रहरी कार्यालय पर्सा, उपभोक्ता  हित संरक्षण मञ्च पर्सा, कन्जुमर आई नेपाल, वीरगंज उद्योग वाणिज्य सङ्घलगायतको प्रतिनिधित्व थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्