प्रदेश सांसदसहित २७ जना सङ्क्रमित

0
36

प्रस, सप्तरी, २६ असोज/
    सप्तरीमा प्रदेश नं २ का प्रदेशसभा सदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिंदै आफ्नो सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गर्न आग्रह गरेका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताएका छन्। प्रदेशसभा सदस्य यादवको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। रूपनी गाउँँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रूपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन्।
    यस्तै, तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, पत्नी र आमा, राजविराजमा कार्यरत सिराहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एकजना पुरुष सङ्क्रमित भएका छन्।
    जिल्लामा हालसम्म १४०१ जना कोरोना सङ्क्रमित भएकामा १११२ जना निको भएका छन्। मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्