पंचरुखीमा आँखा परीक्षण शिविर

0
72


प्रस, वीरगंज, २६ असोज/
    साहिब दरबार सेवा संस्थान र जसपा नेपाल पर्साको संयुक्त आयोजनामा पर्सागढी नगरपालिका–५ पंचरूखीमा आँखा शिविर सम्पन्न भएको छ।
    माट्रिका आई फाउन्डेशनको सहयोगमा पंचरूखीस्थित नेरानिमाविमा आयोजित आँखा शिविरमा ३ सय ३१ जनाको आँखा परीक्षण गरिएकोमा १७५ जनामा मोतीबिन्दु देखिएको संस्थाका अध्यक्ष राजेशमान सिंहले बताए। मोतीबिन्दु देखिएका १७५ जनाको कात्तिक १५ गतेदेखि निश्शुल्क शल्यक्रिया हुने उनले जानकारी गराएका छन्।
    आँखा शिविरमा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जसपाका नेताहरू प्रेमबाबू  पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम अन्सारी, उमेशलाल सहनी, मुकेश द्विवेद्वीलगायतको सहभागिता थियो। जसपा पर्सागढीका अध्यक्ष नितेश मिश्रको अध्यक्षतामा कार्यक्रम भएको थियो। फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीलगायत प्राविधिकहरूले आँखा परीक्ष्Fण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्