जनकपुरमा दलितहरूको प्रदर्शन

0
31

प्रस, जनकपुरधाम, २६ असोज/
    प्रदेश २ सरकारको मुख्यालय मधेस भवन जनकपुरधाममा दलितहरूले प्रदर्शन गरेका छन्।
    बहुजन दलित सङ्घर्ष समितिको अगुवाइमा दलित युवाहरूले प्रदर्शन गरेका हुन्। रौतहट र धनुषामा यता केही महीनामा दलितहरूको हत्या भएको, उनीहरूमाथि ज्यादतीका घटना एकपछि अर्को बढ्दै गएको भन्दै दलित सुरक्षाको लागि प्रदर्शन गरिएको हो।
    प्रदर्शनकारी दलित युवाहरूले प्रदेशमा दलित महिलामाथि बलात्कार, युवाहरूको हत्याका घटना निरन्तररूपमा बढे पनि प्रदेश सरकार मौन रहेको आरोप लगाए। रौतहट र धनुषाको प्रहरी हिरासतमा दुईजना दलित युवाको मृत्यु भएको विषयलाई प्रदर्शनमा गम्भीरतापूर्वक उठाइएको थियो। प्रदर्शनकारीहरूले मुख्य आरोपीको पहुँचमा प्रहरी नपुगेको र उनीहरूलाई पक्राउ गरी कारबाई गर्न माग गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्