कर्जन्हा नहरमा डुबेर सदाको मृत्यु

0
29

प्रस, सिराहा, २६ असोज/
    सिराहाको कमला नहरमा डुबेर एकजनाको मृत्यु भएको छ।
    कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदाको कर्जन्हा नगरपालिकास्थित नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
    घरनजीकैको कमला नहरमा आइतवार साँझ नुहाउन गएका सदा बेपत्ता भएका थिए।
    खोजतलाशको क्रममा सोमवार बिहान उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको
छ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्