अफिमसहित महिला पक्राउ

0
63


राजेश केसरीवाल, रक्सौल, २६ असोज/
    रक्सौल सीमामा तैनाथ एसएसबीले अफिमसहित एकजना महिलालाई पक्राउ गरेको छ।
    चेकजाँचको क्रममा महिला भाग्ने प्रयास गरेको र तिनलाई सबइन्स्पेक्टर वन्दना देवी, आरक्षी आरती देवी, नजरीन बानोले पक्राउ गरेका थिए। भाग्न लागेकी महिलालाई एसएसबीका तीनैजना महिलाले समातेको इन्स्पेक्टर मनोज शर्माले बताए। उनले पक्राउ परेकी महिलाबाट अफिम बरामद भएको पुष्टि गरे। प्लास्टिकको प्याकेटमा महिलाले अफिम लैजान लागेको उनले बताए। प्रारम्भिक बयानमा नेपालबाट अफिम ल्याइएको एसएसबीले जनाएको छ।
    पक्राउ परेकी महिला भारत, पश्चिमी चम्पारणको सिक्टा, भवानीपुर निवासी ४० वर्षीय सहिमा खातुन भएको र उनीबाट बरामद अफिमको बजार मूल्य ४० लाख भएको एसएसबीले दाबी गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्