सप्तरीमा थप एकजनाको मृत्यु

0
36

प्रस, सप्तरी २५ असोज/
    सप्तरीमा थप एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुर घर भई राजविराज नगरपालिका, वडा नं ६ मा डेरा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
    केही दिनदेखि ज्वरो र रुघाखोकी देखिएको महिलाको स्वाब परीक्षण गर्दा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेशनमैं बस्दै आएकी थिइन्। वडाध्यक्ष प्रेम यादवका अनुसार आइतवार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो। अस्पताल पु–याइएको केही बेरमैं उनको मृत्यु भएको हो।
    योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ। जसमा १७ जना पुरुष र ३ जना महिला छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्