लालबन्दीमा गाँजा फँडानी

0
59

प्रस, सर्लाही, २५ असोज/
    सर्लाहीको लालबन्दी नगरपालिकामा अढाई बिघा क्षेत्रफलमा अवैधरूपमा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ।
    लालबन्दी नगरपालिका–१४ स्थित मोटर दोभान नारायण खोला, माईथान, हात्तीसँुडे भन्ने ठाउँमा २ बिघा १० कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन्। शनिवार अबेर राति गाँजाखेती फँडानी गरी आगो लगाइ नष्ट गरिएको उनले बताए।
    गत वर्ष पनि त्यस क्षेत्रमा ठूलो क्षेत्रफलमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको थियो।
    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुरेमा व्यावसायिकरूपमैं ठूलो क्षेत्रफलमा गाँजाखेती गरिंदै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्