लागूऔषधसहित तीनजना पक्राउ

0
55

प्रस, वीरगंज, २५ असोज/
    प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
    शनिवार राति वीरगंज महानगर–२४ बहुअरी चोकबाट भारतीय नं.को ट्रकबाट नुर्फिन, फेनारगन र डाइजेपाम   ८९१ थान र विनसिरेक्स १२०६ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    ट्रकचालक भारत, पूर्वी चम्पारण, हर्दिया–४ बस्ने २० वर्षीय विक्रान्त पटेल, ट्रकमा बस्ने २८ वर्षीय रामबालक राम, २० वर्षीय आकाशकुमार रामलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्