मुर्ली र इटियाहीको विकास निर्माणको अनुगमन

64

प्रस, वीरगंज, २५ असोज/
    वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वडा नं १२ मुर्लीमा भएको विकास निर्माणबारे स्थलगत अनुगमन र स्थानीयसँग छलफल गरेका छन्।
    सो वडाका जीर्ण सडकहरूको स्थलगत निरीक्षण गर्दै नगरप्रमुख सरावगीले स्थानीयसँग विकास निर्माणका बारेमा छलफल गरेका थिए। सो क्रममा स्थानीयले देखाएका समस्या र गुनासाका बारेमा नगरप्रमुखले वडाको विकासमा देखिएका कमजोरीलाई सम्भव भएसम्म समाधान गर्ने आश्वासन दिए। स्थानीयले सडक, नालाको समस्या देखाएका थिए।
    नगरप्रमुखले प्राविधिक खटाएर मूल्याङ्कन गरी जीर्ण सडकको मरम्मत गर्ने आश्वासन दिए। सो अवसरमा वडाध्यक्ष्F रामदरश कुशवाहालगायतको सहभागिता थियो।  यसैगरी, नगरप्रमुख सरावगीले गण्डक नहरनजीक रहेको इटियाहीस्थित शिवमन्दिरको सार्वजनिक पोखरीको पनि अनुगमन गरेका थिए।
    निरीक्ष्Fणपछि नगरप्रमुख सरावगीले पोखरीको सौन्दर्यीकरण गर्ने, मन्दिरको जग्गा संरक्षणको लागि काँडेतार लगाउने, वृक्षरोपण गर्ने आश्वासन दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्