मरुवाहीमा सशस्त्र बिओपी स्थापना

81


प्रस, महोत्तरी, २५ असोज/
    महोत्तरी जिल्लाको एकडाँडा  गाउँपालिका–४ नेपाल–भारत सीमा क्ष्Fेत्र हलखोरीमा स्थापित सशस्त्र प्रहरी बिओपी मरुवाहीको आइतवार उद्घाटन भएको छ।
    सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यले विशेष समारोहबीच बिओपीको उद्घाटन गरेका हुन्। सो पोस्टमा सशस्त्र प्रहरी निरीक्ष्Fक गणेश सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं. ९ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्ष्Fक सूर्य सापकोटाले बताए।
    कार्यक्रमका मुख्य अतिथि डिआइजी ब्रह्मचार्यले सशस्त्र प्रहरीको बिओपी स्थापनाले नेपाल–भारत सीमावर्ती क्ष्Fेत्रमा हुने अवैध गतिविधि नियन्त्रण हुनुका साथै दैवी प्रकोप तथा विपत्को बेला उद्धार कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे। उनले सो क्षेत्रमा शान्ति स्थापना गराउन सशस्त्र प्रहरी दत्तचित्त भएर लागिपर्ने बताए। हाल अस्थायी बिओपी घरभाडामा लिएर सञ्चालन गरिएको र पछि स्थानीय समन्वयमा स्थायी भवन निर्माण हुने सशस्त्र प्रहरी बल नेपाल ९ नं. गण महोत्तरीले जनाएको छ। कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको विशेष उपस्थिति थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्