बालकलाई सहयोग

95


प्रस, परवानीपुर, २५ असोज/
    वीरगंज महानगर–२५ श्रीसियाका एकजना १० वर्षीय बालकलाई गैरसरकारी संस्थाले सहयोग गरेको छ।
    मासिक रु ४ हजारको दरले पाँच महीनासम्म रु २० हजार सहयोग गर्ने संस्थाले जनाएको छ। युनिसेफ नेपालको सहयोग र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा सो गाउँका बासिन्दा एवं नेरा आधारभूत विद्यालय श्रीसिया आदर्शमा कक्षा ४ मा पढ्ने हृदयनारायण साह तुरहा र निजका भाइ श्वेतानन्द साह तुरहालाई सहयोग गरेको जनाइएको छ।
    वडा नं २५ का अध्यक्ष विश्वराज कुर्मीको अध्यक्षता र ग्रामीण विकास केन्द्र नेपाल रौतहटका प्रतिनिधि अमरेशप्रसाद यादवको सहजीकरणमा ५ महीनामध्ये ३ महीनाको रु १२ हजार सहयोग गरेको र जसबाट बालकहरूको शैक्षिक सामग्री, कपडा, खाद्यान्न खरीद गरी विपत्मा संरक्षण गर्ने लक्ष्य राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्