प्रजिअसहित ६ जनामा कोरोना सङ्क्रमण जिप्रका बन्द

0
62

प्रस, सर्लाही, २५ असोज/
    सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रजिअसहित सोही कार्यालयका ६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ६ दिनको लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ।
    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित प्रशासकीय अधिकृत र अन्य कर्मचारीसमेत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिएका छन्। शान्ति र विपद् व्यवस्थापनका कार्यहरूबाहेक अन्य सबै सेवा असोज २५ गते आइतवारदेखि असोज ३० गतेसम्मको लागि बन्द गरिएको प्रशासकीय अधिकृत यादवले जानकारी दिए।
    सर्लाही जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ हजारको हाराहारीमा छ भने ९ जनाको मृत्यु भइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्