सकारात्मक चिन्तन/स्नेह मिलन कार्यक्रम

0
91

प्रस, सिम्रौनगढ, २४ असोज/
    बारा, सिम्रौनगढ–१, खजानीमा शनिवार सकारात्मक चिन्तन तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको  छ। 

          प्रमुख अतिथि सिम्रौनगढ नगरपालिकाका मेयर विजयशङ्कर यादव एवं विशिष्ट अतिथि महागढीमाई नगरपालिकाका मेयर  उपेन्द्र यादव थिए। सो अवसरमा सिम्रौनगढका  मेयर यादवले सकारात्मक चिन्तनको अभावमा अशान्ति, रोग, दुःख र विकृति घर, परिवार र समाजमा फैलिएको बताए। सफल जीवनका लागि सकारात्मक चिन्तन र सोच जरूरी रहेको उनको कथन थियो। सिम्रौनगढको चौतर्फी विकास र सौन्दर्यीकरण गर्न स्थानीयको सहयोग र सद्भाव अपरिहार्य रहेको भन्दै मेयर यादवले सिम्रौनगढ रानिवासको डिपिआर तयार भइसकेकोले छिट्टै टेन्डर हुने जानकारी गराए।
    सो अवसरमा महागढीमाई  नगरपालिकाका मेयर यादवले बरियारपुरको  गढीमाई र सिम्रौनगढको कङ्कालीमाई दिदी–बैनी भएजस्तै दुवै पालिकाबीचको सम्बन्ध पनि प्रगाढ रहेकोले एकअर्काको विकास तथा सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए। यी दुवै धार्मिक र पर्यटकीय स्थलको विकास गरी विश्वस्तरमा यसको पहिचान दिलाउन जरूरी रहेको भन्दै  सो कार्य सकारात्मक सोचबाट मात्रै सम्भव हुने बताए ।
    ब्रह्माकुमारी राजयोग बाराका प्रमुख     मीनाको अध्यक्षतामा भएको कार्यक्रमको आयोजना ब्रह्माकुमारी पाठशाला  सिम्रौनगढ, खजानीमा भएको हो। कार्यक्रममा वार्ड अध्यक्ष खुशीलाल कुशवाहा, ब्रह्माकुमारी मीरा, शिक्षक  परमहंस यादव, देवेन्द्र गिरी, गोपाल सेवा बाराका अध्यक्ष जङ्गबहादुर यादव, रामनरेशकान्त कुशवाहा, मोहन महतो    लगायतले मन्तव्य व्यक्त गरेका थिए। ब्रह्माकुमारी जानकीले आध्यात्मिक चित्रबारे प्रवचन दिएको कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी सुषमा र स्वागत प्रियङ्काले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्