दुईजनाको मोटरसाइकल चोरी

0
40

प्रस, रौतहट, २४ असोज/
    कटहरिया नगरपालिकामा गएराति एकजना वडाध्यक्षसहित दुईजनाको मोटरसाइकल चोरी भएको छ।
    कटहरिया नपा–४ का अध्यक्ष चन्दन कुशवाहा र मोटरसाइकल ग्यारेज सञ्चालक विकाश साह सोनारको मोटरसाइकल चोरी भएको पीडितले बताएका छन्।
    कुशवाहाको पल्सर मोटरसाइकल र कटहरिया बजारस्थित मोटरसाइकल ग्यारेजका सञ्चालक सोनारको पनि मोटरसाइकल चोरी भएको हो।  चोरी भएको मोटरसाइकल र चोरको खोजी भइरहेको इप्रका, कटहरियाका प्रमुख सई लतिफ अन्सारीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्