जीराभवानी गापामा पूर्ण सरसफाइका लागि अनुगमन

0
31

प्रस, सेढवा, २४ असोज/
    जीराभवानी गाउँपालिका अन्तर्गतका दुईवटा नमूना बस्तीमा पूर्ण सरसफाइका लागि अनुगमन गरिएको छ।
    युनएन हेभिटासको सहयोगमा विकास नेपालले जीराभवानी गापा–१ र २ शान्तिनगर तथा काठमाडौंटोलमा अनुगमन गरेका हुन्। दुईवटा बस्ती ५ वर्ष अगाडि खुला दिसामुक्त घोषणा भएको थियो तर तत्कालीन अवस्थामा बनेका शौचालयहरू भित्ता, छाना बिग्रिएको कारण पुनः सरसफाइ गरिएको हो। काठमाडौं टोलमा वडा कार्यालयले  प्रतिघरधुरी १२५ वटा ब्लक र सिमेन्ट उपलब्ध गराएको छ। यस वर्ष ती टोलमा शत प्रतिशत घरमा शौचालय निर्माण हुने बताइएको छ।
    यसैगरी वडा नं. १ शान्तिनगरमा आफ्नै लगानीमा सबैले शौचालय निर्माण गरेको सरसफाइ समितिका अध्यक्ष रविमोहन सापकोटाले बताए। अनुगमनमा गापा उपाध्यक्ष उषादेवी थरूनी, वडा सदस्य सोमनाथ सापकोटा, नन्दकिशोर साह, श्रीकान्तीदेवी, शङ्कर पटवारीसँगै सञ्चारकर्मीहरू आरके पटेल, ओमप्रकाश चौधरी, भूषण यादव, रितेश त्रिपाठी, राजेन्द्रसिंह राजपूत, कृष्णमोहन साह, मेघराज राय सहभागी रहेको युएन हेभिटासका जिल्ला संयोजक सरोज चौरसियाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्