छपकैया र नगवाका मन्दिरहरूमा सरसफाइ

71

प्रस, वीरगंज, २४ असोज/
    समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया र छपकैया गुठीको संयुक्त आयोजनामा संसारीमाई मन्दिर परिसरमा सरसफाइ गरिएको छ।
    सामुदायिकका अध्यक्ष ग्यासु मियाँ ठकुराई र वप्रका बिर्ताका प्रनि राजेशराज पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश २ का प्रहरी निरीक्षक सरोज प्रजापति, ट्राफिक प्रनि कमलराज पण्डित, सामुदायिकका महम्मद अब्दुल हक, प्रवीणविक्रम शाह, प्रेमाकुमारी खत्री, ज्याउल हक, छपकैया गुठीका धीरज शर्मा, अजितकुमार भुजेल, प्रदीपराउत कुर्मीलगायतको सहभागिता थियो।
    यसैगरी सामुदायिक सेवा केन्द्र कुम्हालटोल र वडापालिका कार्यालय–१६ को संयुक्त आयोजनामा नगवास्थित बौधीमाई मन्दिरको सफाइ गरिएको छ। सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा तथा कार्यवाहक वडाध्यक्ष विनितादेवीको प्रमुख आतिथ्यमा भएको मन्दिर सफाइ कार्यक्रममा इप्रका, नगवाका प्रनाउ श्यामकुमार यादव, सामुदायिकका उपाध्यक्ष सन्ध्या भट्ट, सन्जु दाहाल, सचिव श्रवण रायमाझीलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्