ग्रीन सिटीको आयोजनामा वृक्षरोपण

0
23

प्रस, वीरगंज, २४ असोज/
    आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा शनिवार वृक्षरोपण गरिएको छ।
    वीरगंज महानगरको होटल मकालुदेखि पुरानो पानीट्याङ्की आदर्शनगर एरियामा वृक्षरोपण गरिएको केन्द्रका अध्यक्ष्F प्रकाश खेतानले बताए। वृक्षरोपण कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले गरेका थिए।
    कार्यक्रममा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, डिभिजन वन कार्यालय, पर्साका प्रमुख जगतनाथ जयसवाल, वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका वाणिज्यदूत नीतेशकुमार, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्ष्Fक राजेशराज पुरी, ट्राफिकका प्रहरी निरीक्ष्Fक कमलराज पण्डितलगायतको सहभागिता थियो।
    शनिवार ८० वटा बिरुवा फुटपाथमा रोपिएको अध्यक्ष खेतानले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्