असहाय बालकलाई रिक्लाइनिङ ह्विल चेयर प्रदान

0
52

प्रस, वीरगंज, २४ असोज/
    स्थानीय समाजसेवी मुरलीधर रुँगटाले रु १७ हजार पर्ने रिक्लाइनिङ ह्विलचेयर वीरगंज महानगरपालिका–११ श्रीपुरका एकजना विकलाङ्ग बालकलाई प्रदान गरेका छन्।
    ज्येष्ठ नागरिक सङ्घ, पर्साको हिजो २३ गते सम्पन्न सातौं साधारणसभा कार्यक्रममा ज्येष्ठ नागरिकहरूद्वारा सञ्चालित क्लबले बालकलाई रु ८ हजार पर्ने ह्विल चेयर प्रदान गर्ने भएको थियो। तर बालक बस्न पनि नसक्ने थाहा भएपछि र सुत्ने ह्विलचेयर महँगो भएर क्लबले सहयोग गर्न नसक्ने भएकोले समाजसेवी रूँगटाले ह्विलचेयर सहयोग गरेका हुन्। सो ह्विलचेयरमा बालकले दिसा–पिसाब गर्न सक्ने कमोड जडान छ भने अन्य सुविधा पनि रहेको छ।
    अख्तर मन्सुरीका ५ वर्षे ती बालक जन्मदेखि नै विकलाङ्ग हुन्। उनी बस्न–हिंड्न सक्दैनन्। क्लबले खरीद गरेको ह्विलचेयर अन्य व्यक्तिलाई सहयोग गरिने क्लबका सदस्य शीतल गौतमले जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्