सांसद यादवद्वारा ढलान सडक र नालाको उद्घाटन

0
59


प्रस, वीरगंज, २३ असोज/
    सांसद प्रदीप यादवले वीरगंज महानगरपालिका–१८ भवानीपुर इनर्वा टोलमा ढलान सडक र नालाको शुक्रवार उद्घाटन गरेका छन्।
    कार्यक्रममा सांसद यादवले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोषबाट सडक ढलान तथा नाला निर्माण भएको बताए।  सांसद यादवले सबैको सहयोगले मात्र विकास निर्माणको गति बढ्ने बताए। उनले जनचाहना अनुरूप विकास कार्यहरू शुरू गरेको बताए।
    कार्यक्रममा प्रदेश सांसद जन्नत अन्सारी, उमाशङ्कर तिवारी, ओमप्रकाश साह, मोहनराउत कुर्मी, घनश्याम गुप्तालगायतको उपस्थिति थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्