विद्यालयमा पठनपाठन बन्द

0
62

प्रस, रौतहट, २३ असोज/
    रौतहटको चन्द्रपुर नगरपालिकामा संस्थागत तथा सामुदायिक विद्यालयहरूको पठनपाठन शुक्रवारदेखि बन्द गरिएको छ।
    असोज ९ गतेदेखि यहाँका विद्यालयहरू सञ्चालन गरिएको थियो। तर केही शिक्षकहरूमा कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नहुन्जेल संस्थागत तथा सामुदायिक विद्यालयहरू बन्द गरिएको चन्द्रपुर नपा शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्