तस्करीबाट आएको प्याजको बिक्री बढ्दो

0
61


बलिराम शुक्ला, बिरुवागुठी, २३ असोज/
    भारतले नेपालमा पैठारी भई आउने प्याज रोक लगाएपछि पर्सागढी नगरपालिकामा तस्करीबाट प्याज आयात भइरहेको छ।
    सीमावर्ती क्ष्Fेत्रबाट तस्करीको माध्यमबाट आउने प्याज अहिले पर्सागढीभरि मोटरसाइकल, साइकलबाट बिक्री हुँदैछ। पर्सागढीलगायत यस क्ष्Fेत्रको मुख्य बजारहरू रङ्गपुर, श्रीपुर पचगावाँ, बडनिहार, डोकैला बहुअरी र बाराको जितपुर–सिमरासम्म पु–याउने गरिन्छ।
    हिन्दूहरूको महान् चाड दशैंमा प्याजको खपत बढी हुने गर्छ। सोही कुरालाई दृष्टिगत गरेर अहिले भारतबाट मोटरसाइकल, साइकलमा प्याजको तस्करी बढेको हो।
    जिल्ला प्रशासन कार्यालय, पर्साले प्याजको थोक मूल्य रु ६५ र खुद्रा बिक्री मूल्य रु ७५ कायम गरेको छ तर उपभोक्ताहरू अहिले रु १ सयमा प्रतिकिलो प्याज किन्न बाध्य छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्