डिजे साउन्ड सिस्टममा प्रतिबन्ध

0
57

प्रस, रौतहट, २३ असोज/
    रौतहटमा डिजे साउन्ड सिस्टममा जिल्ला प्रशासन कार्यालय, रौतहटले प्रतिबन्ध लगाएको छ।
    धार्मिक, सामाजिक, राजनीतिक कार्यक्रमहरूमा डिजे साउन्ड सिस्टमको प्रयोग गर्दा ध्वनि प्रदूषण भएको कारण जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रतिबन्ध लगाइएको जिप्रका, रौतहटले जनाएको छ। प्रजिअ इन्द्रदेवप्रसाद यादवले स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल प्रभाव परेको र डिजे साउन्ड सिस्टमका कारण विभिन्नखाले दुर्घटना भएको तथ्यलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्