लागूऔषधसहित युवक पक्राउ

0
46

प्रस, वीरगंज, २२ असोज/
    जिल्ला प्रहरी कार्यालय, पर्साले श्रीसिया नाकाबाट एकजना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।
    रक्सौलबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा प्रदेश ३–०३–००१ प ६५०९ नं.को मोटरसाइकलमा सवार मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–९ औद्योगिक क्ष्Fेत्र निवासी २० वर्षीय अशोक थापाबाट ५ पत्ता नाइट्रोभेट ट्याबलेट, ४६ थान कोरेक्स सिरप बरामद भएको प्रहरीले जनाएको छ। वीरगंज–१७ अलौंमा रहेको प्रहरी चौकी श्रीसियाको टोलीले थापालाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्