डुबेर दुईजना बालकको मृत्यु

99

प्रस, रौतहट, २२ असोज/
    ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया घर भई राजपुर नगरपालिका–२ को बिगा टोलमा बस्दै आएका १४ वर्षीय शेख फैयाजको नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।
    घरनजीकको काददेई नदीमा हिजो साँझ करीब ७ बजे फैयाज डुबेका थिए। फैयाज दुई वर्षदेखि राजपुर नगरपालिका–२ बिगा टोलमा फुपूको घरमा बस्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
    यसैगरी, गरुडा नगरपालिका–१ जयनगर बस्ने समसाद अन्सारीका ३ वर्षीय छोरा ताबिस अन्सारीको पनि खोलामा डुबेर मृत्यु भएको छ।  
    दिउँसो खेल्ने क्रममा हराएका ताबिस दिउँसो वडा नं ५ को झाझ खोलामा मृत फेला परेका थिए।
    इप्रका शिवनगरको टोलीले बालक मृत फेला परेको र शवको शल्यपरीक्षणको लागि गौर अस्पताल पठाएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्