यतीको सिमराबाट उडान शुरूः भाडा दुर्ई हजार

0
45


प्रस, जीतपुर, २१ असोज/
    यती एयरलाइन्सले बुधवारदेखि सिमरा–काठमाडौं उडान सञ्चालन गरेको छ।
    कम्पनीले १२ वर्षपछि सिमरा विमानस्थलबाट उडान सञ्चालन गरेको हो। बुधवार बिहान ९ बजेर १० मिनेटमा पहिलो उडान र दोस्रो उडान पौने ६ बजे भयो।
    एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्ताैलाले उच्च सतर्कता अपनाएर आजदेखि सिमरा–काठमाडौं उडान शुरू भएको जानकारी दिए।
    उनले आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत् उडान भएको बताए। यती एयरलाइन्सले आजबाट नियमित दुई समयमा उडान सञ्चालन गर्ने उनले बताए। यतीले एकतर्फी भाडा रु एक हजार ९९९ तोकेको छ। सिमराबाट यसअघि बुद्ध एयरको मात्र उडान थियो। लकडाउन, निषेधाज्ञापछि असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन भएपछि बुद्ध एयरले सिमरा–काठमाडौं ७२ सिटको एटिआर सञ्चालनमा ल्याएको छ। अहिले बुद्धको नियमित एउटा मात्र उडान छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्