ट्रान्सपोर्ट कार्यालयमा सचेतना कार्यक्रम

0
34


प्रस, वीरगंज, २१ असोज/
    ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको सहकार्यमा वीरगंज–१० आदर्शनगर क्षेत्रमा रहेको ट्रान्सपोर्ट कार्यालयहरूमा सचेतना कार्यक्रम गरिएको छ।
    सो क्षेत्रमा रहेका ट्रान्सपोर्ट सञ्चालक र कर्मचारीलाई सडक फूटपाथमा जथाभावी गाडी पार्किङ नगर्न, ट्रान्सपोर्टका सामानहरू लोड, अनलोड आफ्नो क्ष्Fेत्रमा गर्न सुझाव दिइएको थियो। सडक, फूटपाथमा ट्रान्सपोर्ट सञ्चालकहरूले मालसामान लोड, अनलोड गर्ने कार्यले आदर्शनगर क्ष्Fेत्रमा ट्राफिक जाम हुने र आसपासका बासिन्दालाई समस्या हुने गरेको गुनासो बढेपछि आज सचेतना कार्यक्रम गरिएको हो।
    कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, ट्राफिक प्रहरी निरीक्ष्Fक कमलराज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी चौकी आदर्शनगरका प्रनानि राजुबाबू यादव, रवि वर्णवाल, पप्पु ठाकुर, सनी सर्राफलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्