अटोरिक्शा एकापसमा ठोक्किंदा एकजनाको मृत्यु

132

प्रस, लहान, २१ असोज/
    सिराहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवाननकारकट्टी गाउँपालिका–५ महेशबारीमा दुईवटा अटोरिक्शा एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
    दक्षिणबाट उतरतर्फ जाँदै गरेको स.१ह ३३२० नम्बरको अटोरिक्शा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्शा एकापसमा ठोक्किंदा स.१ह ३३२० नम्बरको अटोरिक्शामा सवार सिराहाको भगवानपुर गाउँँपालिका–१ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ।
    सोही अटोरिक्शामा सवार सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका–१ निवासी ३० वर्षीया पूनम यादव घाइते भएको र उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त पक्राउ
    ज्यान मार्ने उद्योग मुद्दामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका–३ इटारी प्रसाही निवासी ३० वर्षीय रामकुमार मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डललाई कल्याणपुर–११ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बुधवार सञ्चारकर्मीलाई जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्