वीरगंज–ठोरी सडक सामान्य वर्षामा पनि अवरुद्ध

96

प्रस, सेढवा, २० असोज/
वीरगंज–ठोरी सडकखण्ड सामान्य वर्षामा पनि अवरुद्ध हुन थालेको छ ।
सोमवार दिउँसो साढे दुई बजेतिर परेको सामान्य वर्षापछि वीरगंज–ठोरी सडकखण्ड अन्तर्गत जीराभवानी गाउँपालिका–२ सेढवाको सडक हिलाम्य भयो । सडक हिलाम्य भएसँगै सवारीसाधनहरू सञ्चालनमा अवरोध भयो । सडकखण्डमा सवारीसाधन सञ्चालन हुन नसकेपछि गापाले मर्मत सम्भार ग¥यो । मर्मत सम्भार नहुन्जेल यो सडकखण्डबाट सञ्चालन हुने सवारीसाधनहरू वैकल्पिक बाटोको प्रयोग गर्न बाध्य भए । सेढवाबाट सुपौली, जगरनाथपुर भएर गण्डक नहर हुँदै अहिले बस, ट्याक्टर, ट्रक, एम्बुलेन्स, साइकल, मोटरसाइकल चलिरहेका छन् । थरुहट सडकको ठेक्का पाएको रञ्जन निर्माण सेवाले गत असारमा यो सडकखण्डमा माटो खसाएर अहिलेसम्म काम सुचारु नगरेको कारण सामान्य वर्षामा पनि यो सडक अवरुद्ध हुने गरेको छ । बारम्बारको ताकेतापछि पनि ठेकेदार कम्पनीले असोजको आधाभन्दा बढी अवधि बित्दा सडक निर्माणको काम शुरू गरेको छैन । ठेकेदारले सडक निर्माणमा चासो नदेखाएको कारण अहिले यो भेगमा सामान्य वर्षामा पनि सवारीचालकहरू समस्या भोग्न बाध्य छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्