विद्यालयहरु बन्द गर्ने निर्णय

0
78

प्रस, सिराहा, २० असोज/
जिल्ला विपद् व्यवस्थापन समिति सिराहाले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
मङ्गलवार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले खुलेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने देखिएको हुँदा बन्द गर्ने निर्णय गरिएको बताए ।
जिल्लाका तीनवटा स्थानीय तहमा विद्यालय सञ्चालनमा आएको थियो । मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयहरू सञ्चालनमा आएको थियो । भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको भए तापनि बालबालिकाहरूका निम्ति त्यो भरपर्दो उपाय नभएकोले विपद् व्यवस्थापन समितिले बन्द गर्न निर्देशन दिने निर्णय गरेको समितिका सदस्यहरूले बताएका छन् । विद्यFलयमा विद्यFर्थीलाई उपस्तिथ नगराइ भर्चुअल विधि तथा वैकल्पिक विधि अपनाएर पठनपाठन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
बैठकले सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनहरू सञ्चालन भए नभएको अनुगमन गर्न र पालना नगर्नेलाई कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णयसमेत गरेको प्रजिअ कँडेलले जानकारी गराएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्