महानगरको कालोपत्रेमा लगानी निरर्थक

0
36

प्रस, वीरगंज, २० असोज/
वीरगंज महानगरपालिकाले गत वर्ष मुख्य र केही सहायक सडकमा कालोपत्रेको प्याचिङ गरेकोमा सो सडक यस वर्ष उप्किएर पुरानै अवस्थामा आएको छ ।
महानगरपालिकाले आदर्शनगर चोकदेखि रेशमकोठी चोक, गीतामन्दिरदेखि माईस्थान चोक र घण्टाघरदेखि पावरहाउस चोकसम्म फोरलेनको पश्चिमतर्पmको सडक खाल्डाखुल्डी पुरेर कालोपत्रेको प्याचिङ गरेको थियो । प्याचिङ गरिएका यी स्थान अहिले पुरानो अवस्थाभन्दा पनि खराब भएको छ । महानगरपालिकाका एकजना वडापालिका सदस्यले २७ लाख रुपैयाँ लागतमा खाल्डा परेको कालोपत्रेमा प्याचिङ गरेको थियो ।
महानगरपालिकाले निर्माण गरेको कालोपत्र विगतदेखि नै गुणस्तरको मामिलामा कमजोर रहँदै आएको छ । गत वर्ष बनेका कालोपत्रेमा भगवती राइसमिल, बिर्ताबजार, गणेशमान चोक, जेलरोड, भगवतीटोल, मालपोतरोड, रानीघाटलगायतमा निर्माण गरिएका कालोपत्रे एक वर्षमैं बिग्रिएका छन् । महानगरपालिकाको तथ्याङ्कबाट बर्सेनि कालोपत्रे निर्माणको लागि १५ करोड रुपैयाँ खर्च हुने गर्छ । तर कालोपत्रे बनेको स्थानहरूको अवलोकन गर्ने हो भने सत्यतथ्य वर्णन गरिराख्नुपर्दैन । ठेक्का र उपभोक्ता समितिमार्पmत् निर्माण भएका सबैजसो कालोपत्रेको अवस्था गुणस्तरहीन हुने गरेको छ । अहिलेसम्म कालोपत्रे मापदण्ड पूरा गरी निर्माण गर्नेभन्दा पनि झार्रा टार्ने प्रवृत्तिले निर्माण भइरहेको र सोको अनुगमन महानगरपालिकाले इमानदारीपूर्वक गरेको देखिएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्