मच्चियो–मच्चियो, थच्चियो

0
48

     कोरोनाको निकै हल्ला चल्यो । विश्व नै आतङ्कित बन्यो । यस्तो लाग्थ्यो कोरोना साक्षात् काल नै हो । विश्वकै सरकारहरू थरर्र भए । कोलाहल मच्चियो । के गर्ने, कसो गर्ने १ यस रोगको कुनै औषधि नभएकोले यो मानव जातिको काल नै हो कि भन्ने आशङ्का जनमानसमा व्याप्त भयो । सरकारहरूले एउटै उपाय देखे– मानिसबाट मानिसमा सर्ने रोग भएकोले मानिसलाई आपसमा भेट्नै नदिउँ । लकडाउन घोषणा गरियो, त्यतिले नपुगेर निषेधाज्ञा जारी भयो, कतिपय ठाउँमा कर्फ्यू नै लगाइयो । त्यति बेला कोरोना भर्खर–भर्खर विभिन्न मुलुकहरूमा प्रवेश गर्दै थियो । झन्डै ६ महीना लामो लकडाउन, महीना दिनभन्दा लामो निषेधाज्ञाकै क्रममा कोरोना भाइरस कोभिड–१९ समुदायमा फैलियो । सरकारहरू परास्त भए । नागरिकको सुरक्षाका लागि नागरिकको डडाल्नो भाँच्ने सरकारहरूले कोरोना, समुदायमा फैलनबाट बचाउन सकेनन् । अनि त्वम् शरणम् गर्दै कुन बेला निषेधाज्ञा हटाए भने जनता घरमा थुनिएर, मास्कले निस्सासिएर, भोकले पटपटिएर आजित भइसकेको थियो ।
    स्वाभाविक थियो, यस्तो अवस्थामा मानिस स्वतन्त्र हुन खोजेको थियो, रोजीरोटीको जोहो गर्न खोजेको थियो, विभिन्न अड्केका काम फत्ते गर्न तम्सेको थियो । कोरोना समुदायमा फैलि नै सकेको थियो, यसले झन् व्यापकता दियो । हिजो एक–दुई गरी कोरोना पीडितको सङ्ख्या गनिन्थ्यो, अब थोकमा गनिन थाल्यो । हिजो एक–दुईजना मर्दा अत्यास पसेको थियो, अहिले दर्जनमा मर्दा पनि कुनै संवेदना छैन । वस्तुतः कोभिड–१९ कडा खालको कोरोनाको नयाँ संस्करण हो । स्वास्थ्य सतर्कता राख्ने हो भने यसले धेरै हानि पु-याउन सक्दैन । बरु कोरोना लागेपछि एन्टिबडी विकसित भएर शरीरले स्वयम् प्रतिरोधक क्ष्Fमता प्राप्त गर्छ । हो, वृद्ध व्यक्ति, जीर्ण रोगले ग्रस्त व्यक्तिहरूलाई यसको खतरा बढी छ । र बितेको दिनको कोरोना सङ्क्रमितहरूको तथ्याङ्क हेर्दा अधिकांशले कोरोनामा विजय नै प्राप्त गरेका छन् । वृद्ध, जीर्ण रोगीहरूको ज्यान गएको छ । जो दुई–चार वर्ष अझ बाँच्न सक्दथे, उनीहरू केही वर्ष, महीना वा दिन पहिले गए । यो तथ्य पहिलेदेखि नै प्रचारमा ल्याइएको पनि थियो । तर उपचार पु-याउन नसक्ने सरकारको हठ लकडाउन र निषेधाज्ञामैं सीमित रह्यो । मानिस आत्तिने गरी महामारीको हल्ला फैलाए, मानिस अवसादमा पुग्ने गरी निषेधाज्ञा जारी ग-यो । नतीजा हामी सबैको सामु छ । अब कोभिड–१९ को दोस्रो जबरजस्त हमला हुने भनिएको छ । तर पराजित सरकार, आजित जनता भने यसैबेला कामको चटारो लिएर जताततै भीड जम्मा गर्न थालेको छ । लकडाउनका लागि अति कडा देखिएको प्रशासनकै कार्यालयमा मेलापातझैं मानिसको हुल देखिन थालेको छ ।
    बितेको ६ महीनाको कोरोनाकालमा सरकारले भोलिको दिनमा भीड नहुने गरी जनताको काम सम्पन्न गर्ने नीति ल्याउन सक्नुपथ्र्यो । आउँदो चाडको बेला उत्पन्न हुने समस्या समाधानका लागि कार्ययोजना तयार पार्नुपर्थ्यो। साउनमा आँखा फुटेको गोरुले बा-है मास हरियो देखेझैं, जनतालाई सास्ती दिनु नै शासन ठानेको सरकारले यस अवसरको सदुपयोग गर्न सकेन । अहिले सरकार र प्रशासन थच्चिएको छ । ज्ञान र विवेकशून्य बनेको छ । भीडको व्यवस्थापन, रोजगारको उपलब्धतामा निष्क्रिय देखिएको छ । फलस्वरूप जताततै भीड नै भीड देखिन थालेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्