बरामद सामान भन्सार चलान

0
47

प्रस, रौतहट, २० असोज/
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमवार भन्सार छलीका करीब दुई लाख मूल्यबराबरका सामान बरामद गरेर गौर भन्सार कार्यालय चलान गरेको छ ।
रौतहटका विभिन्न स्थानबाट सोमवार कुर्ता सुरुवाल, चोलोको कपडा, जिन्स पाइन्ट, कपडा, धनिया, प्याज, सुतीको साडी, सिलिकन साडी, मसला, साबुन, खेलौना, स्टेपलाइजर, डाटा केबल, पेन्टलगायतका सामान बरामद भएको र कारबाईको लागि गौर भन्सार कार्यालय चलान गरिएको जिप्रका रौतहटले जनाएको छ । सामान ढुवानी गर्नेहरू भने प्रहरी टोलीलाई देखेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्