पर्सामा करीब चार हजार सुरक्षित घर निर्माण हुने

0
102

प्रस, वीरगंज, २० असोज/
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पर्सामा ३ हजार ९०७ वटा घर बन्ने भएको छ ।
गरीबीको रेखामुनि रहेका पराल, खरको छाना वा हावाहुरीले भत्काउने अवस्थाका घरपरिवारलाई जस्ताको छानामुनि ल्याउने कार्यक्रम अन्तर्गत सङ्घ सरकारले देशका सबै स्थानीय तहमा प्रतिघर रु ५० हजार पठाएको छ ।
सोही क्रममा पर्सामा गत आर्थिक वर्षमा चारवटै निर्वाचन क्षेत्रमा ९ सय वटा र चालू आर्थिक वर्षमा ३ हजार ७ वटा गरी ३ हजार ९०७ वटा घर चालू आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख रञ्जनकुमार दासले जानकारी दिए ।
गर्त वर्षको आर्थिक मसान्तसम्म सङ्घ सरकारले रकम पठाएकोमा सो बखत पर्साका १४ वटा स्थानीय तहमा प्रतिघर रु ५० हजार पठाएको उनले जानकारी दिए । नागरिक आवास निर्माणका लागि आएको रकम दुई किस्तामा रु ३० हजार र २० हजार गरी सम्बन्धित धनीलाई दिने नियम रहेको उनले बताए । गरीबीको रेखामुनि रहेकाहरूको सम्बन्धित गापाले छनोट गरी जिल्ला आवास व्यवस्थापन समन्वय समितिमा पठाएपछि सोही अनुसार रकम निकासा गर्ने प्रमुख दासले बताए ।
पर्सा क्षेत्र नं १ मा ९४७, क्षेत्र नं २ मा ८५१, क्षेत्र नं ३ मा १११२ र क्षेत्र नं ४ मा ९९७ वटा घर छनोट भएका छन् । छनोट भएका घरधनीलाई भुक्तानीको लागि स्थानीय तहमा रकम पठाइसकेको प्रमुख दासले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्