ग्रामीणवासी महँगोमा बालुवा, गिट्टी किन्दै

0
36

प्रस, सेढवा, १९ असोज/
स्थानीय स्रोत साधन अन्तर्गत नदीजन्य पदार्थ उपयोग गर्न नपाउँदा पर्साको ग्रFमीण क्षेत्रका मानिसहरू समस्या झेल्न बाध्य भएका छन् ।
गत वर्षदेखि नै भलुवाही, ओरिया र सुगीभार खोलाको टेन्डर नहँुदा उत्खनन कार्य बन्द छ । जसको कारण ग्रामीण भेगमा घर निर्माण कार्य पूर्णरूपले प्रभावित भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रमा पर्ने खोलाहरूमा असोज १ गतेदेखि उत्खनन शुरू भएपनि राष्ट्रिय वन क्षेत्रका जनताले नदीजन्य पदार्थ पाउन सकेका छैनन् ।
जीराभवानी गाउँपालिका, सेढवा निवासी मुकेश चौधरीले बालुवा र गिट्टी नपाएको कारण एक सातादेखि घर निर्माण कार्य बन्द गर्नुपरेको गुनासो गरे । स्थानीय स्रोत साधनबाट बालुवा, गिट्टी आपूर्ति हुन नसक्दा पोखरिया सप्लायर्सबाट महँगो मूल्यमा बालुवा खरी गर्नुपरेको उनले बताए । उनले गाउँमा खरीद गर्दा प्रतिटेलर दुई हजार पाँच सय रुपैयाँमा पाइने बालुवा पोखरिया सप्लायर्समार्पmत् मगाउँदा ६ हजार रुपैयाँ तिर्नुपरेको बताए ।
धोबिनी गाउँपालिका–१ भिखमपुरका महेश पटेलले घर निर्माण कार्यका लागि अन्य निर्माण सामग्री सजिलै उपलब्ध भएपनि बालुवा, गिट्टीको लागि निकै समस्या झेल्नुपरेको बताए । एक टेलर बालुवा ल्याउन एक दर्जनभन्दा बढी प्रहरी चौकी तथा सशस्त्र क्याम्पमा कुरा मिलाउन जानुपर्ने झन्झटिलो कार्यभन्दा सप्लायर्समार्पmत् मकवानपुरबाट महँगोमा बालुवा, गिट्टी मगाएको पटेलले बताए ।
यस सम्बन्धमा पर्सा राष्ट्रिय निकुञ्ज गडुवापोस्टका सहायक वन संरक्षक अधिकृत सूर्य खड्काले मध्यवर्ती क्षेत्रमा पर्ने खोलाबाट बालुवा उत्खखन भइरहेको बताए । तर सम्बन्धित क्षेत्रमा मात्र त्यसको बिक्री वितरण तथा प्रयोग गर्ने प्रावधान रहेको प्रस्ट्याए । क्षेत्रबाहिर प्रयोग गर्न नपाइने उनको भनाइ छ ।
मध्यवर्ती क्षेत्रभित्र ठोरी गापाका पाँचैवटा वडा पर्छन् भने जीराभवानी गापा–१ गम्हरिया, शान्तिनगर, भवानीपुरपिपरा र वडा नं २ को काठमाडौंटोल मात्र पर्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्