आइसोलेशन हटेको विद्यालयमा सफाइ भएन

0
59

प्रस, पोखरिया, २० असोज/
    धोबिनी गाउँपालिकाको कालीप्रसाद लाखे मावि लङ्गडीबाट आइसोलेशन हटाएको महीना दिन बित्दा पनि कक्षा कोठा र शौचालयको सफाइ गरिएको छैन ।
    सङ्क्रमित बढेपछि सो विद्यालयलाई क्वारेन्टाइनबाट आइसोलेशन बनाइएको थियो । आइसोलेशनमा रहेका नौजना स्वास्थ्यलाभ गरी फर्केको पनि महीना दिन बितिसक्यो तर आइसोलेशन बनाइएको विद्यालयको कक्षा कोठा र सङ्क्रमितले प्रयोग गरेको शौचालयको सफाइ भने अहिलेसम्म नगरिएको प्रधानाध्यापक मदनप्रसाद साहले
बताए । उनले सफाइका लागि पटक–पटक गाउँपालिकालाई भनेको तर सुनवाइ नभएको दुःखेसो पोखे । विद्यालयमा एक सातादेखि शिक्षकहरू आएर काम शुरू गरेका छन् । शौचालय सङ्क्रमितले प्रयोग गरेकाले शिक्षकहरू अन्यत्र जान परेको प्रअ साहले बताए ।
    यसबारे गापा अध्यक्ष सुरेशप्रसाद कुर्मीले विद्यालयबाट आइसोलेशन हटेपछि विसङ्क्रमित गरिसकेको बताए ।
उनले कक्षा कोठा र शौचालयमा सङ्क्रमितको लत्ताकपडा छ भने मङ्गलवार राति नै सफाइ गर्ने आश्वासन दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्