सिल सीमा खुला गर्न व्यापारीको माग

51

प्रस, रौतहट, १९ असोज/
रौतहटका स्थानीय व्यापारीहरूले प्रमुख जिल्ला अधिकारीमार्पmत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् । उनीहरूले हिन्दूहरूको महान् पर्व दशैं, दीपावली र छठ नजिकिएका कारण लामो समयदेखि सिल सीमा खुला गर्न माग गरेका छन् ।
प्रजिअमार्पmत् प्रमलाई बुझाइएको ज्ञापनमा कोरोनाको सङ्क्रमण कम भएसँगै रौतहटमा सरकारी, गैरसरकारी कार्यालयहरू तथा पसल, व्यवसाय खुलेको अवस्थामा सीमा सिल हुँदा समस्या भएको उल्लेख छ । व्यापारीहरूले मुख्य नाकासहित सबै सीमानाका खुला गर्न माग गरे । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्ने शर्तमा सिल सीमा खुला गर्न उनीहरूले आग्रह गरेका छन् ।
सीमा सिल गर्नु हालको दिनमा प्रभावकारी नभएको, चोरबाटो सबैजसो काम भइरहेकाले अवैध कामलाई निरुत्साहित पार्नका लागि सीमा खोल्नुको विकल्प नरहेको ज्ञापनमा उनीहरूले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । व्यापारीहरूको समस्या सुन्दै प्रजिअ इन्द्रदेव यादवले ज्ञापनलाई प्रधानमन्त्रीको कार्यालयमा पठाउने र समस्याबारे अवगत गराउने आश्वासन दिएका
थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्