वार्षिक समीक्षा गोष्ठी सम्पन्न

67

प्रस, पोखरिया, १९ असोज/
पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
दुई दिने समीक्षा गोष्ठीमा आव २०७६/०७७ मा पालिकास्तरमा सम्पन्न गोष्ठीमा स्वास्थ्य संस्थाहरूले गरेका वार्षिक काम र आइपरेका समस्याबारेमा छलफल भएको थियो ।
जिल्ला अस्पतालसहित आठवटा स्वास्थ्य संस्थाका प्रमुखहरू सहभागी भएर संस्थाले प्रदान गर्ने खोप, आमा सुरक्षा, क्षयरोग, कृष्ठरोग, झाडापखाला लगायतका सेवाबारे छलफल गरिएको स्वास्थ्य शाखा संयोजक कौशेलेन्द्र मिश्रले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्