लाखौंको कपडा, अलैंची बरामद

0
10

प्रस, वीरगंज, १९ असोज/
जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली भित्रिएको लाखौं मूल्यका कपडा, अलैंची बरामद गरी राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाएको बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए ।
इलाका प्रहरी कार्यालय जीतपुरले जीतपुरसिमरा उपमहानगर–७ बाट ना.२च ६६७९ नं को पिकअप गाडी चेकजाँच गर्ने क्रममा सो गाडीमा लोड कपडा बरामद गरेको थियो । भन्सार छली भित्रिएको बुझिएपछि पिकअप गाडी नियन्त्रणमा लिएको र वीरगंज महानगर–२१ का चालक छोटेलाल पटेलसमेतलाई आवश्यक कारबाईको लागि राजस्व कार्यालय पथलैयामा बुझाएको प्रवक्ता मिश्रले बताए । बरामद कपडा साढे एघार लाख मूल्यबराबरको रहेको उनले बताए ।
यसैगरी, इलाका प्रहरी कार्यालय निजगढले निजगढ नपा–९ पूर्व–पश्चिम राजमार्गमा सवारी चेकजाँचको क्रममा प्रदेश नं २–०३–००१ च ०४९७ नं को पिकअपमा ३२० किलो अलैंची बरामद गरेको प्रवक्ता मिश्रले बताए । कर छलेको देखिएपछि बरामद अलैंची र पिकअपलाई राजस्व कार्यालय पथलैयामा पठाएको प्रवक्ता मिश्रले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्