भारत पसेका आठजना नेपाल प्रहरीको जिम्मा

41

प्रस, वीरगंज, १९ असोज/
भारतीय सीमा सुरक्षाबलले पाँचजना युवती र तीनजना युवकलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
आइतवार राति बाराको सुवर्णपुर गाउँपालिका–३ सन्तगंजबाट भारत प्रवेश गरेका उनीहरूलाई सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएर स्थानीय सशस्त्र र नेपाल प्रहरीको कबहीगोठलाई जिम्मा लगाएको थियो ।
दलालमार्पmत् उनीहरू आर्केस्टामा काम गर्न लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीमा सिल भएपनि चोरबाटोबाट उनीहरू भारत पुगेको बताइन्छ । एसएसबीले झापा जिल्ला बिर्तामोड नपा–३ बस्ने अनु दास, सरस्वती दास, गौरी उराव, लक्ष्मी दास, सुनील दास, प्रदीप दर्जी, आश्विन दर्जीलगायतलाई जिम्मा लगाएको हो । यिनीहरूको उमेर १७ देखि २० वर्षसम्मको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्