ठेकेदारविरुद्ध नगरपालिकाले ठगी मुद्दा हाल्ने

0
13

प्रस, रौतहट, १८ असोज/
फतुवा विजयपुर नगरपालिकाबाट नदीजन्य पदार्थ निकासी गर्न सर्लाही मलङ्गवाको साह निर्माण सेवाले नगरपालिकालाई फर्जी चेक दिएर ठग्ने प्रयास गरेपछि नगरपालिकाले ठेकदारविरुद्ध चेक अनादर ठगी मुद्दा हाल्ने भएको छ ।
ठेकेदारले दिएको एक करोड ११ लाख रुपैयाँको चेक हालसम्म फिर्ता हुँदै आएकोले ठेकेदारविरुद्ध मुद्दा हाल्ने तयारी भएको नगरप्रमुख गोपालप्रसाद यादवले बताए । पटक–पटक रकम माग गर्दा साह निर्माण सेवाका प्रोप्राइटर नागेन्द्र साहले खातामा रकम दाखिला नगरेको कारण चेक बाउन्स गरी सोही अनुसार मुद्दाको तयारी गरिएको बताए ।
फतुवा विजयपुर नगरपालिकाको नाममा ठेकोदारले एक करोड ११ लाख रुपैयाँको चेक दिए पनि उनको खातामा सो बराबरको रकम नभएकोले चेक नसाटिएको नगरप्रमुख यादवले बताएका छन् । लालबकैया नदीबाट नदीजन्य पदार्थ सङ्कलन गर्न फतुवा विजयपुर नगरपालिकाले आह्वान गरेको बोलपत्र अनुसार साह निर्माण सेवाका सञ्चालक साहले सबैभन्दा बढी एक करोड ११ लाख रुपैयाँमा ठेक्का सकारेका थिए ।
टेन्डर परेपछि ठेकेदार साहले लालबकैया खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा दैनिक सयौं ट्याक्टर र दर्जनौं टिपरले ढुवानी गर्दै आएका छन् । तर नगरपालिकालाई दिनुपर्ने रकम भने बुझाएका छैनन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्