चौपायासहित एकजना पक्राउ

0
47

प्रस, सेढवा, १९ असोज/
पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारीबाट प्रहरीले चौपाया निकासी गर्ने क्रममा चारवटा चौपायासहित एकजनालाई पक्राउ गरेको छ । आइतवार राति जगरनाथपुर गापा–२ बस्ने किरानी गद्दीले एउटा गाई र तीनवटा भैंसी भारत लैजाँदै गर्दा निजलाई पक्राउ गरिएको प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले बताए । उनले पक्राउ परेका व्यक्ति र चौपाया आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्