चन्दाबाट श्मशानघाटको जग्गा खरीद

0
19

प्रस, पोखरिया, १९ असोज/
पकाहामैनपुर गाउँपालिका–३ मा स्थानीयले चन्दा सङ्कलन गरेर श्मशानघाटको लागि जग्गा खरीद गरेका छन् ।
स्थानीय गापा, वडापालिकालाई बारम्बार श्मशानघाट निर्माणका लागि आग्रह गर्दा सुनवाइ नभएपछि टोलवासीले चन्दा सङ्कलन गरेर रु ६ लाख ५ हजार जम्मा गरेको र सो रकमबाट २ कट्ठा १० धुर जग्गा खरीद गरेको स्थानीय पप्पु चौहानले बताए । श्मशानघाटको उचित व्यवस्था नहुँदा सो वडाका बासिन्दाहरूले गङ्गोल नदी किनार सडकमा शव जलाउँदै आएको चौहानले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्