घरेलु मदिरासहित दुईजना पक्राउ

0
15

प्रस, जीतपुर, १९ असोज/
इलाका प्रहरी कार्यालय जीतपुरले एक हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।
हेटौंडाबाट वीरगंजतर्पm आउँदै गरेको ना.६ख ५४०४ नं को ट्रकलाई शङ्काको आधारमा चेकजाँच गर्दा एक हजार लिटर घरेलु मदिरा बरामद भएको हो । घरेलु मदिरा बरामद भएपछि चालक मकवानपुर जिल्ला हेटौंडा उपमहानगर–१२ बस्ने भीमसेन पुलामी र सोही ठाउँ बस्ने सहचालक लक्ष्मण बललाई पक्राउ गरी आन्तरिक राजस्व कार्यालय सिमरामा चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालयले उनीहरूसँग रु १ लाख ५५ हजार धरौटी मागेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्