२१० जनालाई मोतीबिन्दु

0
73

 प्रस, पोखरिया, १८ असोज/
    पोखरिया युवा समाज वनकटवाको आयोजना र माट्रिका आई फाउन्डेशन वीरगंजको सहकार्यमा शनिवारदेखि सञ्चालित दुई दिने निश्शुल्क आँखा शिविर आइतवार सम्पन्न भएको छ ।
    आइतवार बिहान ६ बजेदेखि सञ्चालित शिविरमा ७३ जनाको आँखा परीक्षण भएकोमा ३० जनामा मोतीबिन्दु फेला परेको फाउन्डेशनका संयोजक महेशसिंह धामीले बताए । शनिवार १८० जना मोतीबिन्दुका रोगी फेला परेका थिए । दुई दिनमा कुल २१० जना मोतीबिन्दु रोगी भेटिएका र सबैजनाको भोलि सोमवारदेखि निश्शुल्क शल्यक्रिया गरिने संयोजक धामीले बताए ।
    उनले सोमवारदेखि प्रतिदिन २० जना बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्